February 24, 2025, 3:21 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

जर्मनीको क्रिसमस मार्केटमा ठुलो आक्रमण

पुस ६, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

जर्मनी – जर्मनीको माग्देवर्गको क्रिसमस पार्टीको भिडमा एक कार प्रवेश गरेपछि दुई जनाको ज्यान जानुको साथै ६८ जना घाइते भएका छन्। घाइतेमध्य १५ जना गम्भीर छन्। घटनामा एक ५० वर्षीय साउदी अरेबियालाई शंका गरिएको छ। उनलाई अहिले गिरफ्तार गरिएको छ।

जर्मनीको क्रिसमस मार्केटमा पहिलो पटक आक्रमण भएको भने होइन। आठ वर्षअघि इस्लामिक सङ्गठनसँग निकट शरणार्थी प्रयासमा असफल एक व्यक्तिले सोही ढङ्गले कार चलाउँदै गर्दा १२ जनाको ज्यान गएको थियो।

अनिस अम्रि नाममा उनी भागेका थिए। धेरै पछि उनलाई मिलानमा प्रहरीले गोली प्रहार गरेको थियो। घटनापछि साउदी अरेबियाले जर्मन नागरिकप्रति दु:ख व्यक्त गरेको छ। घटनापछि प्रहरीले पनि यसका बारे जानकारी दिइसकेको छ। जानकारी अनुसार सो घटनामा आरोपित व्यक्ति सन् २००६ मा जर्मनी पुगेका थिए।

प्रतिक्रिया