February 24, 2025, 3:21 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

‘युक्रेनको राजधानीमा भयानक विस्फोट’

पुस ५, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

किएभ, युक्रेन,  : युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय कर्मचारीले बताएका छन् ।

युक्रेनको वायु सेनाले एक टेलिग्राम सन्देशमा ‘उत्तरबाट ब्यालेस्टिक क्षेप्यास्त्र’ आएको भनी चेतावनी दिएको छ। रूसले युक्रेनमा आक्रमण गरेको लगभग तीन वर्षपछि राजधानी किएभमा भयानक आवाजसहित विष्फोट भएको हो । यसबाट के कति क्षति भयो समाचार तयार पार्दासम्म थाहा हुन सकेको छैन ।

अधिकारीहरूले दक्षिणी बन्दरगाह शहर खेरसनमा पनि क्षेप्यास्त्र आक्रमण भएको बताएका छन्, जहाँ एक व्यक्तिको मृत्यु भएको छ र छ जना घाइते भएका छन्।

मस्कोको सेना रुससँग सीमा जोडिएको खार्किभ क्षेत्रमा अघि बढिरहेको छ र युद्धको पहिलो वर्षमा कब्जा गरिएको कुपियान्स्क शहरलाई पुनः कब्जा गर्ने लक्ष्य राखेको छ।

युक्रेनले सेप्टेम्बर २०२२ मा यसलाई पुनः कब्जामा लिएको थियो जसमा युक्रेनी सेनाले खार्किभ क्षेत्रको ठूलो भूभाग पुनः प्राप्त गरेको थियो।

यसैबीच, रूसी अधिकारीहरूले किएभमा भएको पछिल्लो आक्रमण पश्चिमी राष्ट्रद्वारा युक्रेनलाई सहयोग गरिएका र रूसविरूद्धको आक्रमणमा प्रयोग गरिएको बदलामा भएको दाबी गरेका छन् ।

प्रतिक्रिया