December 20, 2024, 1:49 pm
» सङ्घीयताबारे तर्कहीन टिप्पणी नगर्न सभामुखको आग्रह » रवि र छविसहितको मुद्दा शुक्रबार अदालत पुगेन » जनताको आशा अनुसार सरकार चल्न सकेन : गगन थापा » गर्भवती महिलामा बर्ड फ्लूको सङ्क्रमण घातकःअनुसन्धान » प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट

सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ :पेन्टागन

पुस ५, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

वाशिङ्गटन,  : हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ ।

पेन्टागनका प्रवक्ता प्याट राइडरले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले सिरियामा करिब ९०० अमेरिकी सेना तैनाथ गरिरहेकोमा थप एक हजार १०० सेना त्यहाँ पठाउने सुनिश्चित गरेका छौं ।

आईएसआईएस मिसनलाई पराजित गर्न मद्दत गर्ने यी सेनाहरू असद शासनको पतन हुनु अघि नै त्यहाँ थिए ।”

नोभेम्बर २७ मा हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा सिरियाली सशस्त्र विपक्षीहरूले एलेप्पो र इडलिब प्रान्तहरूमा सरकारी सेनाहरू विरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरे ।

आक्रमण लगत्तै डिसेम्बर ७ सम्म राष्ट्रपति बसर असदका विपक्षीहरूले अलेप्पो, हामा, दारा र होम्सलगायत धेरै प्रमुख शहरहरू कब्जा गरेका थिए ।

डिसेम्बर ८ मा तिनीहरू दमस्कस प्रवेश गरे लगत्तै असदले राजीनामा दिए र देश छोडे । यसले सिरियामा अल–असद परिवारको ५० वर्षभन्दा बढी समयको कठोर शासनको अन्त्य भयो ।

डिसेम्बर १० मा मोहम्मद अल–बशीरले सन् २०२५ मार्च १ सम्म सिरियाको अन्तरिम सरकारको प्रमुखको रूपमा आफ्नो नियुक्ति घोषणा गर्नुभयो ।

प्रतिक्रिया