February 24, 2025, 7:27 am
» ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटना छानबिन गर्न समिति गठन » युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त » पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

पुस ५, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

काठमाडौं,  : काठमाडौं, टोखा नगरपालिका-६ धापासी बस्ने भाईकाजी श्रेष्ठको घरमा ग्यास हिटर ताप्ने क्रममा ग्यास लिक भई बिहीबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-५ थली गोकर्ण रिसोर्टभित्र रहेको क्यान्टिनमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्याङ्जा, भिरकोट नगरपालिका-१ भलुवाडाँडा बस्ने ८१ वर्षीय बेल नारायण श्रेष्ठको घर र गोठमा बिहीबार साँझ आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

चितवन, भरतपुर महानगरपालिका-२५ अमृतनगरस्थित सोही महानगरपालिका-२६ बस्ने मोतीलाल गौतमको रोयल कुखुरा फर्ममा शुक्रबार बिहान आगलागी हुँदा फर्म आंशिक रूपमा जलेर क्षति भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया