January 22, 2025, 11:08 am
» नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion » काठमाडौंवाट ४ चोर पक्राउ » जुनारले पहेँलपुर सिन्धुलीको खनियाँखर्क » बिदेश पठाइ दिन्छु भनि ठगी गर्ने ३ पक्राउ

किन घटाउँदैछन् बैंकहरूले गाडी खरिद कर्जा ?

पुस ५, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं,  ।  अर्थतन्त्र सुस्त हुँदाको असर हायर पर्चेज (गाडी खरिद) कर्जामा पनि देखिएको छ । अहिले बजारमा गाडी खरिदका लागि नयाँ कर्जाको माग निकै कम आएको बैंकर बताउँछन् ।

कृषि, औद्योगिक, व्यावसायिक वा निजी प्रयोजनका लागि कुनै पनि फर्म, कम्पनी वा संस्था र व्यक्तिलाई सवारीसाधन, मेसिनरी औजार, उपकरण खरिद गर्नका लागि हायर पर्चेज कर्जा निकै कम गएको बैंकहरू बताउँछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ५२ खर्ब ८० अर्ब २८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेजका लागि एक खर्ब २६ अर्ब ७१ करोड ८० लाख रुपैयाँ प्रवाह गरेका छन् ।

जुन एक वर्षअघिको तुलनामा दुई अर्ब आठ करोड ७० लाख रुपैयाँले कम हो । गत वर्ष कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले गाडी खरिदका लागि एक खर्ब २८ अर्ब ८० करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४६ खर्ब ७० अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा हायर पर्चेजका लागि एक खर्ब नौ अर्ब ५५ करोड ३० लाख रुपैयाँ प्रवाह गरेका छन् ।

जुन एक वर्षअघिको तुलनामा छ करोड ६८ लाख रुपैयाँ बढी हो । गत वर्ष कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूले ४४ खर्ब एक अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेज क्षेत्रमा कुल एक खर्ब आठ अर्ब ८८ करोड ५० लाख रुपैयाँ प्रवाह गरेका थिए ।

गत कात्तिक मसान्तसम्म विकास बैंकहरूले पाँच खर्ब सात अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेजका लागि १३ अर्ब ८१ करोड २० लाख रुपैयाँ प्रवाह गरेका छन् ।

जुन एक वर्षअघिको तुलनामा दुई अर्ब ६७ करोड रुपैयाँ कम हो । गत वर्ष कात्तिक मसान्तसम्म विकास बैंकहरूले चार खर्ब ८२ अर्ब ३८ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेजका लागि १६ अर्ब ४८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरूले गत कात्तिक मसान्तसम्म एक खर्ब दुई अर्ब एक करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेजका लागि तीन अर्ब ३५ करोड २० लाख रुपैयाँ प्रवाह गरेका छन् ।

जुन एक वर्षअघिको तुलनामा आठ करोड ६० लाख रुपैयाँ कम हो । गत वर्ष कात्तिक मसान्तसम्म फाइनान्स कम्पनीहरूले ९३ अर्ब ९६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेजका लागि तीन अर्ब ४३ करोड ८० लाख रुपैयाँ प्रवाह गरेका थिए । (आर्थिक दैनिकबाट)

 

प्रतिक्रिया