February 24, 2025, 3:01 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

इजरायल आक्रमण रोकिएन, प्यालेस्टाइनी शिविरमा १५ जना मारिए

पुस ५, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

गाजा – विस्थापित प्यालेस्टाइनी रहेका शिविरमा भएको इजरायली आक्रमणमा १५ जनाको ज्यान गएको छ। दुई विद्यालयमा भएको आक्रमणमा ३० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खबर लेखेका छन्।

गाजाको छिमेकी सहर साब्रामा भएको आक्रमणमा चार जनाको ज्यान गएको छ। यसैगरी, रफाहको टकटकमा भएको आक्रमणमा तीन जनाको ज्यान गएको छ।

इजरायल अधीनस्थ वेस्ट बैङ्कको टल्केराममा एक सवारी साधनलाई लक्षित गर्दै भएको आक्रमणमा पनि चार प्यालेस्टाइनी मारिएका छन्।

यसैगरी, वेस्ट बैङ्कको नाबलास नजिकै रहेको बालाटा शरणार्थी शिविरमा भएको आक्रमणमा ८० वर्षीया वृद्धा सहित दुई प्यालेस्टाइनीको ज्यान गएको छ।

प्यालेस्टाइनमा राहत वितरणमा अवरोध गरेको विषयमा अन्तर्राष्ट्रिय अदालतमा धारणा बुझ्ने पक्षमा संयुक्त राष्ट्र सङ्घको महासभामा मतदान हुनेछ।

अमेरिकी सेक्रेटरी अफ स्टेट एन्थोनी ब्लिन्केनले डोनाल्ड ट्रम्पले साउदी अरेबिया र इजरायल बिचको सम्बन्ध सामान्य बनाउने विषयलाई चासो दिने अपेक्षा गरेका छन्।

ब्लिन्केनले यस विषयमा कुरा गर्दै साउदी अरेबियासँग अमेरिकाको वार्ता भएकाले अर्को चरणमा इजरायलसँगको सहकार्य र मध्यपूर्वको समस्या समाधानका लागि पहल अति आवश्यक भएको उनले बताए।

इजरायलले यो आक्रमण जारी राखेकै समयमा इजरायलमाथि प्रतिबन्ध लगाउन स्पेनमा समेत दबाब परेको छ। त्यहाँका चार प्रमुख दलले सरकारलाई इजरायल माथिको प्रतिबन्धका लागि पहल गर्न दबाब दिएका हुन्।

प्रतिक्रिया