December 19, 2024, 7:20 pm
» क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान » मुग्लिन-नौविसे सडक खण्ड एक साता दिउँसो दुई बजेसम्म बन्द हुने » माओवादीप्रति जनमत सकारात्मक रहेको ‘प्रचण्ड’को दाबी » वर्तमान गठबन्धन फेल भए यो व्यवस्था नै ढल्छ : सांसद सिंह » अण्डाको मूल्य १५ रुपैयाँले बढ्यो, क्रेटको पुग्यो पाँच सयसम्म

राससका पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

पुस ४, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं – राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८० वर्षको उमेरमा भारतको भोपालमा निधन भएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडितको उपचारमा रहेका रासस अङ्ग्रेजी सम्पादन शाखाका पूर्वप्रमुख राणाको भोपालस्थित सिद्धान्त सुपरस्पेसिलिटी अस्पतालमा आज बिहान निधन भएको उनका भाई प्रभात शम्शेर राणाले जानकारी दिए। स्व राणाको आजै अन्त्येष्टि गरिने बताइएको छ ।

सन् १९४४ सेप्टेम्बर २७ मा काठमाडौँमा जन्मिएका राससका पूर्वसम्पादकसमेत रहेका राणा सेवा निवृत्तपछि भोपाल बस्दै आएका थिए । उनका दुई छोरा छन् ।

प्रतिक्रिया