भारतको मुम्बइ नजिकै भएको यात्रुवाहक डुंगा दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाटा १०१ जनाको जीवितै उद्धार गरिएको जनाइएको छ ।
तीव्र गतिको भारतीय जलसेनाको स्पीड बोटले ठक्कर दिँदा डुंगा पल्टिएको हो । भारतीय जलसेनाले इञ्ज्नि परीक्षणका क्रममा स्पीड बोट नियन्त्रण बाहिर गएकाले उक्त दुर्घटना भएको जनाएको छ ।
दुर्घटनामा भारतीय नौसेनाका तीन जवानको ज्यान गएको छ ।
प्रतिक्रिया