February 23, 2025, 9:36 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

साङ्ग्रिला डेभलपमेन्टले ३.८४ प्रतिशत बोनस दिने

पुस ३, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं– साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ३.८४ प्रतिशत बोनस दिने भएको छ ।

कम्पनीको मंगलबार बसेको ३५१औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ करोड १८ लाख ७८ हजार ३३४ रुपैयाँ बराबरको बोनस दिने भएको हो ।

कम्पनीका सचिव सुजनबाबु अधिकारीले बैंकले चुक्ता पुँजीको १२ करोड ५२ लाख ८४ हजार ४१७ रुपैयाँ बराबर हुन आउने ३.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६५ लाख ९३ हजार ९१७ हजार रुपैयाँ बराबरको हुन आउने ०.१९ प्रतिशत नगद लाभांश दिने जानकारी दिए ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार ३०३ रुपैयाँ रहेको छ ।बैंकले प्रस्ताव गरेको उक्त बोनस नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी वार्षिक साधारणसभाले पास गरेपछि शेयरधनीलाई वितरण गरिने बताएको छ ।

प्रतिक्रिया