February 23, 2025, 8:37 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

तीनै तहको सरकार अधिकार सम्पन्न नहुँदा जटिल अवस्था आयो : उपप्रधानमन्त्री सिंह

साउन ७, २०८१ मा प्रकाशित | ८३०दर्शक तीव्रखबर

काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले तीनै तहको सरकार अधिकार सम्पन्न नहुँदा अहिलेको जटिल अवस्था आएको बताएका छन्। सहिद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको विचार गोष्टीमा उनले जनताको चाहना र देशको आवश्यक्ताअनुसार संविधान संशोधन हुन सक्ने बताएका हुन् ।

नेता सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताए। ‘यो संविधानको विशेषता नै प्रक्रिया पूरा गरेर संविधानमा जनताको माग र समयको आवश्यकता अनुसार संशोधन गर्न सकिने प्रावधान हो ।  जनताको माग र देशको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ’, उनले भने,‘३ तहको सरकारले अधिकारसम्पन्न भएर काम गरेको भए यो तहमा पुग्दैनथ्यौ भन्ने मलाई लाग्छ ।

’उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले रोजगारी सिर्जना गर्ने, उद्योग संचालन को वातावरण बनाउने  र अर्थतन्त्रलाई  ठिक ठाउँमा ल्याउनु सरकारको प्राथमिकता रहेको बताए  ।

अहिलेको परिस्थिति सुधार गर्न र जनतालाई राहत दिन  उद्देश्यले नै कांग्रेस एमालेसहित साना दल सम्मिलित सरकार गठन भएको बताए।

प्रतिक्रिया