February 23, 2025, 8:34 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्रमन्त्री डा.राणा

साउन ७, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिएकी छन्। त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपालीहरू सुरक्षित रहेको जानकारी डा.राणाले सामाजिक सञ्जालबाट गराएकी हुन्।

उनीहरूलाई त्यहाँ सुरक्षित तवरमा बस्ने र आवश्यक परे नेपाल फर्किने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयले उचित प्रबन्ध गरिरहेको मन्त्री राणाको भनाइ छ।

‘ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको छ,’उनले लेखेकी छन्,’ बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थी एवं अन्य नेपाली सुरक्षित छन् ।’

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण उत्पन्न परिस्थितिले त्यहाँ रहेका नेपाली विद्यार्थीहरू प्रभावित भएको जनाउँदै मन्त्री राणाले त्यहाँबाट विद्यार्थी र यहाँ उनीहरूका आफन्तहरूले चिन्ता व्यक्त गरेपछि उनीहरूलाई त्यहाँ सुरक्षित तवरमा बस्ने र आवश्यक परे नेपाल फर्किने व्यवस्थाका लागि  परराष्ट्र मन्त्रालयले उचित प्रबन्ध गरेको जानकारी गराएकी हुन्।

मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरी आवश्यक समन्वयका लागि अधिकारी तोकिएको तथा ढाकास्थित नेपाली दूतावासलाई पनि त्यहाँ रहेका विद्यार्थीको सुरक्षाका लागि आवश्यक समन्वय गर्न तथा नेपाल फर्कन चाहनेहरूका लागि उनीहरूको यात्रामा सहजीकरण गर्न निर्देशन दिइएअनुसार दूतावासले सो कार्यसम्पादन गरिरहेको मन्त्री डा. राणाले बताएकी छन्।

आइतबार मात्र हवाईमार्गबाट एक सय १५ र काँकडभिट्टा नाका भएर ३०५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । आइतबार बिहान फर्किएका ५७ जना नेपाली विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रका अधिकारीले स्वागत गरेका थिए ।

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण नेपाली विद्यार्थीहरू समस्यामा पर्न थालेको समाचार आएपछि उनीहरूको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरिएको छभने ढाकास्थित नेपाली दूतावासलाई नियमित सम्पर्कमा राखिएको छ ।

यस विषयमा परराष्ट्रमन्त्री डा. राणाले पनि ढाकास्थित नेपाली राजदूतावासलाई निरन्तर सम्पर्क गरी त्यहाँका नेपालीहरूका बारेमा जानकरी लिइरहेको बताएका छिन्। आइतबारसम्म बङ्गलादेशबाट १ हजार २ सय विद्यार्थी स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

बङ्गलादेशमा सरकारले निर्धारण गरेको रोजगारीमा कोटा प्रणालीको विरोधमा विद्यार्थीले आन्दोलन गरिरहेका छन् । रासस

प्रतिक्रिया