February 24, 2025, 6:04 am
» महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा » कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

गाजामा इजरायली हवाई आक्रमण, मेयरसहित २२ जनाको मृत्यु

मंसिर ३०, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

गाजामा इजरायली हवाई आक्रमणमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमासका अनुसार यी २२ मध्ये एक मध्य गाजामा अवस्थित देर अल-बालाह सहरका मेयर हुन्।

इजरायलले हमासलाई हमलाको निशाना बनाइरहेको बताउँदै आएको छ।

इजरायलले विद्यालयलाई हमासले आफ्नो आधार र अन्य चीजहरूको लागि प्रयोग गरिरहे आरोप लगाएको छ। तर हमासले भने इजरायलको यो आरोपलाई धेरै पटक अस्वीकार गरेको छ।

हालसालै अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवानले गाजामा युद्धविराम सम्झौताको सम्भावना व्यक्त गरेका थिए । गत वर्ष अक्टोबरमा हमासले इजरायलमा हमला गरेको थियो र त्यसमा १२ सय इजरायली मारिएका थिए ।

त्यसपछि इजरायलले जवाफी कारबाही गर्न थाल्यो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणका कारण गाजामा ४४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया