February 24, 2025, 6:04 am
» महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा » कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

अमेरिकी विदेशमन्त्री र इराकी प्रधानमन्त्रीबीच भेट

मंसिर २९, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

काठमाडौं – मध्य पूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार बगदादमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीसँग भेट गरेका छन् ।

विदेशमन्त्रीले इराकको सुरक्षा, स्थिरता र सार्वभौमसत्ताप्रति अमेरिकाको प्रतिबद्धतालाई जोड दिए।

‘इराकी प्रधानमन्त्री सुडानी र मैले सिरियाको पछिल्लो घटनाक्रमबारे छलफल गर्न भेट्यौँ । मैले इराकको सुरक्षा, स्थिरता र सार्वभौमिकताप्रतिको हाम्रो प्रतिबद्धतालाई जोड दिएँ,’ ब्लिन्केनले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् ।

अल जजीराका अनुसार ब्लिन्केन र अल-सुदानीले सिरियाको तानाशाहीबाट प्रजातन्त्रमा परिवर्तनको आवश्यकतालाई समावेशी र सबै अल्पसङ्ख्यकहरूको सुरक्षाको लागि छलफल गरे ।

सिरियाका नवनियुक्त प्रधानमन्त्री मोहम्मद अल-बसिरले विदेशमा रहेका सिरियाली शरणार्थीहरूलाई स्वदेश फिर्ता गर्ने कुरालाई आफ्नो प्रमुख लक्ष्यका रूपमा लिएका छन् ।

अल–बशीरले देशमा स्थायित्व पुनर्स्थापना गर्ने प्रयासहरूको एक भागको रूपमा विदेशमा रहेका लाखौं सिरियाली शरणार्थीहरूलाई स्वदेश फर्काउने लक्ष्य राखेका छन् ।

प्रतिक्रिया