February 24, 2025, 6:36 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

पत्रकार महासंघ निर्वाचन अपडेट : निर्मला शर्मालाई अग्रता

मंसिर २८, २०८१ मा प्रकाशित | १२७०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल पत्रकार महासंघको नेतृत्वका लागि निर्वाचनको मतगणना केन्द्रीय कार्यालय सिनामंगलमा जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रेस चौतारी र प्रेस युनियनकी साझा उम्मेदवार निर्मला शर्माले सुरुवाती अग्रता बनाएकी छन् । उनले ७४० मत प्राप्त गरेकी छन् । त्यस्तै अध्यक्षका उम्मेदवार रमेश विष्टले ५०५ मत प्राप्त गरेका छन् ।

यता विभिजिल्ला शाखाहरुबाट चुनावी परिणाम आउन थालिसकेको छ । शुक्रबार साँझ ९ः३० बजेसम्म इलाम, तेह्रथुम, ओखलढुंगा, खोटाङ, दोलखा, अर्घाखाँची, रोल्पा लगायतका जिल्लाको मत परिणाम आएको छ ।

स्रोतका अनुसार अधिकांश ठाउँमा युनियन र चौतारीको गठबन्धनले जित हात पारेका छन् भने कतिपय ठाउँमा बागीले समेत जितेका छन् । केन्द्रीय पदाधिकारीमा पनि सत्ता पक्षीय गठबन्धनलाई ‘बागी’ ले चुनौती दिने सम्भावना विभिन्न जिल्लाको मत परिणामले देखाएको छ ।

प्रतिक्रिया