February 24, 2025, 1:29 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

मीनबहादुरले एमालेलाई दिएको जग्गा विवादबारे सर्वोच्चमा सुनुवाइ जारी

मंसिर २८, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं– नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय बनाउन भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गा दान  विवादबारे सर्वोच्चमा सुनुवाइ सुरु भएको छ ।

व्यापारी तथा विवादित व्यक्ति गुरुङले एमालेलाई जग्गा दान दिएपछि परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको बताइएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार सो मुद्दा न्यायाधीशद्वय बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

यसको रिट अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेका थिए । यो विषय कानुन विपरीत भएको भन्दै राजनीतिक र सामाजिक क्षेत्रमा चर्चा टिका टिप्पणी चलेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली आफूले नै सो जग्गा शिलान्यास गरेका थिए ।

प्रतिक्रिया