February 24, 2025, 12:54 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

दासढुंगामा ट्रक र बोलेरो ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

मंसिर २८, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

 

चितवन । नारायणगढ-मुग्लिन सडकअन्तर्गत दासढुंगामा गएराति खाली ट्रक र कुखुरा बोकेको बोलेरो आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

पोखराबाट नवलपरासीतर्फ आउदै गरेको बागमती प्रदेश०३-००१ ख २५२४ नम्बरको खाली ट्रक र चितवनबाट काठमाण्डौतर्फ जादै गरेको बागमती प्रदेश०१–०३१ च ०११३ नम्बरको कुखुरा बोकेको बोलेरो बिहीवार राति ११ः४० बजे एकआपसमा ठोक्किएका थिए ।

ट्रकको ठक्करबाट बोलेरोमा सवार उदयपुरका अन्दाजी ३६ वर्षीय भिम कटुवालको चितवन मेडिकल कलेजमा उपचारको क्रममा गएराति साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गम्भीर घाइते भएका बोलेरो चालक दोलखा घर बताउने अन्दाजी २६ वर्षीय राम तामाङको उपचार भइरहेको छ । उनको टाउको, छाती र अनुहारमा चोट लागेको प्रहरीले बताएको छ ।

ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका-६ बस्ने वर्ष २४ को सन्तोष चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया