February 24, 2025, 1:26 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश

मंसिर २७, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार रूपैयाँ धरओटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । प्रसाई साइबर अपराधको कसूरमा पक्राउ परेका थिए ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको हो । यद्यपि उनी तत्काल रिहा भने हुने छैनन् ।

उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले आपराधिक विश्वासघातको कसूरमा समेत अनुसन्धान गरिरहेको छ । यो आरोपमा समेत अदालतले धरौटीमा छाड्न आदेश दिएमा मात्र उनी बाहिर निस्कन पाउनेछन् ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अदालतमा पेश गरिएकोमा यो आरोपमा मात्र अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रतिक्रिया