January 22, 2025, 8:07 pm
» भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी » जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

उच्च पहाडी क्षेत्रमा हिमपातको सकस, तराईका नागरिकलाई शीत लहरको त्रास

मंसिर २७, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं,  । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली क्रम जारी छ । उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ भने तराईमा शीत लहरले सकस पारेको छ ।

तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरोसहित शीतलहर चल्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आवश्यक छ ।

जब जाडो मौसम सुरु हुन्छ, तब सर्वसाधारणमा शीतलहर र ठन्डीले ज्यानै गुमाउने त्रास बढिरहेको हुन्छ । चिसो प्राकृतिक अवस्था हो ।

यसबाट आफै सुरक्षित रहनुपर्दछ । तर कतिपय यसबाट अनभिज्ञ रहने गरेका छन् ।

कतिपय भने बेवास्ता पनि गर्ने गर्दछन् । तर नेपाली जनताको स्वास्थ्य लाई लिएर गम्भीर हुने र सर्वसाधारणमा जनचेतना फैलाउने काम सरकारको हो ।

त्यसैगरी कतिपय अवस्थामा न्यानो कपडा नपाएर ज्यान गुमाउने पनि धेरै नै रहेका छन् ।

सरकारले यो अवस्थालाई मूल्याङ्कन गरेर न्यानो कपडा वितरण गर्ने सर्वसाधारणलाई शीतल र चिसो सम्बन्धी सचेत गराउने जथाभावी बाहिर निस्कन नदिने काम सरकारले गर्नुपर्दछ ।

हरेक वर्ष ठन्डी र शीतलहरका कारण तराईका क्षेत्रमा धेरैको ज्यान जाने गरेको छ ।

रातिको समयमा आगो ताप्ने गर्दा एकातिर नकारात्मक प्रभाव पारिरहेको हुन्छ भने अर्कोतिर श्वासप्रश्वासमा पनि समस्या सिर्जना गरेको पाइन्छ ।

त्यसैगरी जाडोमा बाहिर आगो ताप्ने गर्दा आगलागी हुने गरेको घटना पनि धेरै बाहिर आएका छन् । सरकारले सर्वसाधारणलाई संयमित हुन पनि आग्रह गर्नुपर्दछ ।

त्यसैगरी सरकारले यस्ता घटनाहरू हुन नदिन उत्तम विकल्पहरू जनतासामु प्रस्तुत गर्नुपर्दछ । रातिको समयमा हिटर बालेर सुत्ने गर्दा ध्यान पु¥याउनुपर्ने हुन्छ ।

ठन्डी र शीतलहरको प्राकृतिक अवस्थाको प्रभावको न्यूनीकरण गर्नका लागि पर्याप्त कपडा लगाउने, जथाभावी बाहिर ननिस्कने, अति आवश्यक काम परे मात्र बाहिर निस्कने, जथाभावी आगो नबाल्ने गर्नुपर्दछ ।

सरकारले पनि सर्वसाधारणलाई सुसुचित गर्दै आवश्यक कपडा, ब्ल्यांकेट जस्ता चिजहरू उपलब्ध गराउनुपर्छ ।

शीतलहर र ठन्डीले हरेक वर्ष सर्वसाधारणले ज्यान गुमाइरहेको अवस्थामा यसको प्रभाव न्यूनीकरणका लागि सरकारले पहल गर्न जरुरी देखिएको छ ।

चिसो मौसममा सरकारले सूचित गराउने र सर्वसाधारण पनि सचेत हुन जरुरी देखिन्छ ।

प्रतिक्रिया