February 23, 2025, 8:42 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

लगालग विकेट गएपछि सुरूमै दबाबमा काठमाडौं

मंसिर २६, २०८१ मा प्रकाशित | ८७०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)  अन्तर्गत बुधबार भइरहेको दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिडिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित खेल मैदानमा पहिले ब्याटिङमा गएको काठमाडौंले सुरुवातमै ओपनरसहित चार विकेट गुमाएको छ ।

काठमाडौंका ओ‌पनर स्टेफन इस्किन्जाई १३ र अर्का ओपरन मिचेल लेभिट शून्यमै आउट भएका हुन् । अर्कातिर चौथो क्रमका जेर्राड इरास्मस पनि ४ बलमा १ रन मात्रै बनाएको अवस्थामा पवेलियन फर्किएका छन् ।

सुरुवातमै दुवै ओपनरसहित ४ विकेट गुमाएपछि काठमाडौं दबाबमा परेको छ । त्यसैगरि सुमित महर्जन पनि ४ बलमा ४ रन बनाउँदै आउट भएका छन् ।

चार विकेट गुमाएपछि दबाबमा परेको काठमाडौंका लागि अहिले डान डौथेवेट र भीम सार्की क्रिजमा छन् ।

ताजा अवस्थामा काठमाडौंले ६ ओभरमा ४ विकेट गुमाउँदै २३ रन मात्रै बनाउन सफल भएको छ।

प्रतिक्रिया