February 23, 2025, 8:38 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

५० रन नबनाउँदै जनकपुरले गुमायो ९ विकेट

मंसिर २६, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं- एनपीएल क्रिकेट प्रतियोगितअन्तर्गत बुधबार भइरहेको खेलमा सुदूरपश्चिम रोयल्सको बलिङसामु जनकपुर बोल्ट्स धरासायी भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले १२४ रनको लक्ष्य पछ्याउने क्रममा ५० रन पनि कटाउन नसक्दै ९ विकेट गुमाइसकेर धरासायी भएको हो ।

जनकपुरले ९ ओभरमा ४९ रन बनाउँदा ९ विकेट गुमाइसकेको छ । जनकपुरले पहिलो पावर प्लेमै ५ विकेट गुमाएको थियो । उसका ‌ओपनरदेखि पाँचौँ क्रमका कुनै ब्याटरले दोहोरो स्कोर गर्न सकेनन् ।

ओपनर एवम् कप्तान अनिलकुमार साह र मध्यक्रमका शुभ कांशाकारले शून्यमै आउट भए । आसिफ शेख चार, लाहिरू मिलान्था सात, हर्ष ठाकर पाँच र जेमी निसम चार रनमै आउट भए ।

जनकपुरका लागि सर्वाधिक रन जोशुआ ट्रोम्पको नाममा १३ रन रह्यो । अर्निको यादव १, शेर मल्ल शून्यमै पवेलियन फर्किए ।

जनकपुरको ब्याटिङ लाइनअप ध्वस्त बनाउने क्रममा किशोरी महतो एक्लैले ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान दुई विकेट लिए। सैफ जैबको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया