January 22, 2025, 6:41 am
» गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन » रूपेन्देहीमा रबि लामिछानेको थुनछेक बहस सुरू » सुनको भाउ तोलामा १९ सयले बढ्यो » प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो » खानी खोला हाइड्रोपावरको माघ ३० गते वार्षिक साधारण सभा

सुदूरपश्चिमद्वारा जनकपुरसामु १२४ रनको लक्ष्य

मंसिर २६, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अहिले शीर्ष स्थानका दुई टोली जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले जनकपुरसामु १२४ रनकाे लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२३ रन बनाएको छ ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रनको योगदान दिए । यस्तै, सेफ जैफले २१, ब्रेन्डन म्याकमुलनले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

जनकपुरका लागि किशोर महतोले सर्वाधिक चार विकेट लिए । यस्तै, शेर मल्ल र अरनिको मल्लले दुई-दुई तथा हर्ष थाकरले एक-एक विकेट लिए ।

अपराजित जनकपुर सुदूरपश्चिममाथि जित निकाल्दै प्लेअफ यात्रा पक्का गर्न चाहन्छ भने एक खेलमा हार खाएर दोस्रो स्थानमा रहेको सुदूरपश्चिम जनकपुरमाथि जित निकाल्न चाहन्छ ।

मार्की खेलाडी आशिफ शेख भए पनि जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा छ । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एनपीएलमा अब्बल देखिएको छ।

एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम ६ अंकका साथ दोस्रो स्थानमा छ।

प्रतिक्रिया