February 24, 2025, 1:33 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

काठमाडौंमा यस वर्षकै बढी चिसो, तापक्रम ३.९ डिग्री

मंसिर २६, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

काठमाडौं– काठमाडौं उपत्यकामा आज वर्षकै सबैभन्द बढी चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पौने ९ बजे जारी गरेको बुलेटिनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रहेको छ । हिजो बिहानको न्यूनतम तापक्रम ५.६ रहेको थियो ।

मौसमविद रोजन लामिछानेले तापक्रम घट्ने क्रम जारी रहने बताए । उनका अनुसार मौसम भने सफा रहनेछ । आज काठमाडौं उपत्यकाका अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने जनाइएको छ ।
आज जुम्लामा सबैभन्दा कम माइनस ६.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया