February 24, 2025, 1:31 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

प्रधान सेनापति सिग्देल भारत प्रस्थान

मंसिर २५, २०८१ मा प्रकाशित | ९२०दर्शक तीव्रखबर

काठमाडौं – प्रधान सेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन्‌ । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल आज नयाँदिल्लीतर्फ प्रस्थान गरेका हुन्‌ ।

उनले यही मङ्सिर २६ गतेदेखि मङ्सिर २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रधान सेनापति सिग्देल सैनिक श्रीमती सङ्घकी अध्यक्ष तथा उनकी श्रीमती नीता क्षेत्री सिग्देल सम्मिलित नौ सदस्यीय भ्रमण दलसहित भारत प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देललाई मङ्सिर २७ गते भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया