February 24, 2025, 1:08 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

विमानस्थलको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन

मंसिर २५, २०८१ मा प्रकाशित | १२८०दर्शक तीव्रखबर

सिमकोट – हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर आज हवाई सेवा सञ्चालनमा आएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी मिलेर हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख महेन्द्र सिंहले जानकारी दिए।

मौसम सफा भएपछि आज बिहानैदेखि विमानस्थल सञ्चालनमा आएको उनले बताए। विमानस्थलको पार्किङस्थलमा जमेको केही हिउँ आफैँ पग्लिएर गए पनि रनवेमा जमेको हिउँ सुरक्षाकर्मीको सहयोगमा पन्छाइएको हो। जिल्लामा हिमपात हुँदा सोमबार एक दिन हवाई सेवा अवरुद्ध भएको थियो ।

सेवा सञ्चालनमा आएपछि नेपालगञ्जबाट सीता र तारा एयरले एक एक उडान गरेका हुन् भने सीता एयरले नेपालगञ्ज र सुर्खेत एक-एक गरी दुई फ्लाइट उडान गरेको सीता सिमकोट स्टेसनका सूर्य लामाले बताए।

हुम्लामा सीता, समिट, तारा एयर र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि उडान भर्दै आएका छन् ।

प्रतिक्रिया