February 23, 2025, 8:38 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

ओपनर नचल्दा पनि पोखराविरुद्ध कर्णाली ७ विकेटले विजयी

मंसिर २५, २०८१ मा प्रकाशित | ९५०दर्शक तीव्रखबर

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गतको पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सले ७ विकेटको सहज जित निकालेको छ ।

टस हारेर १०३ रनको लक्ष्यसहित जावाफि ब्याटिङमा उत्रिएको कर्णाली १५ ओभरमा लक्ष्य पूरा गरेको हो । कर्णालीले ३ विकेटको क्षतिमा १०६ रन बनायो ।

कर्णालीका ओपनर देव खनाल र बाबर हायत भने आजको खेलमा सस्तैमा पवेलियन फर्किएका थिए । उनीहरु दुवैले दोहोरो रन बनाउन सकेका थिएनन् ।

३० बल बाँकी रहेकै अवस्थामा कर्णालीले यसअघि पोखराबाट प्राप्त १०३ रनको चुनौतीलाई सजिलै आफ्नो पक्षमा पार्न सफल भएको हो ।

प्रतिक्रिया