February 24, 2025, 12:44 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

६ दिनदेखि बेपत्ता पुरुषको शव सशस्त्र प्रहरी बलको गोताखोरले ७० फिट गहिराईबाट निकाल्यो

मंसिर २५, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौं,  । काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता राजेन्द्र बुढाथोकिको शव सशस्त्र प्रहरीको गोताखोरले घटनास्थल भन्दा करिब  ५० मिटर पर ७० फिटको गहिराईबाट निकालेको छ ।

ताप्लेजुङ जिल्लाको सिरिजंघा गाँउपालिका-५ स्थित काबेली खोलामा नुहाउने क्रममा सोही गाँउपालिका-५ स्थित पेदाङ बस्ने ४५ बर्षिय बुढाथोकी मंसिर १९ गते बेपत्ता भएका थिए । उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा मंसिर २५ गते गोताखोरले फेला पारेको हो ।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयबाट गोताखोर तथा बिपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज मंसिर १९ गते नै उनको खोजीकार्यमा निरन्तर  खटिएको थियो ।

प्रतिक्रिया