February 24, 2025, 1:26 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

रविको बयान चलिरहँदा वीरगञ्जमा रास्वपा कार्यकर्ताको प्रदर्शन

मंसिर २५, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

वीरगञ्ज- सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का कार्यकर्ताहरूले चितवनमा जस्तै मंगलबार पर्सामा पनि प्रदर्शन गरेका छन् ।

सरकारी वकिल कार्यालय वीरगञ्जमा लामिछानेको बयान भइरहँदा उनका समर्थकहरूले मंगलबार प्रदर्शन गरेका हुन् ।

उनीहरूले राजनीतिक प्रतिशोधविरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध जुलुस निकालेका छन् ।

प्रदर्शनमा सहभागीहरूले रवि लामिछानेलाई न्याय दे, जनता झुक्क्याउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।

पर्सास्थित हाम्रो सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयान लिन लामिछानेलाई सोमबार नै पोखराबाट काठमाडौं हुँदै जहाजमा लगिएको हो।

सानोपाइला सहकारीको ३३ करोड ५२ लाख रुपैयाँ अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध मंसिर १९ गते पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया