February 23, 2025, 8:39 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

आक्रमक सुरुवात गरेका पोखराका दुवै ओपनर आउट

मंसिर २५, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितअन्तर्गत पोखरा एभेन्जर्सका दुवै ओपनरलाई कर्णाली याक्सले पवेलियनको बाटो देखाएको छ ।

पोखराका कप्तान कुशल भुर्तेलले टस जितेपछि त्रिवि क्रिकेट मैदानमा ब्याटिङ रोजेको पोखराले कर्णालीविरुद्ध गतिलो सुरुवात गरेको थियो ।

तर कर्णालीले पोखराका दुवै ओपनर एन्ड्रिज गौस र दिनेश खरेललाई पवेलियनको बाटो देखाउन सफल भए । अर्धशतकीय साझेदारी गरेको अवस्थामा कर्णालीले गौसलाई १२ बलमा २५ र खरेललाई १९ बलमा २६ रन बनाएको अवस्थामा आउट गराएको हो ।

गौसलाई विपिन शर्मा र खरेललाई उनिष ठकुरीले आउट गराउन सफल भएका हुन् ।  अहिले क्रिजमा कुशल भुर्तेल र रायोमन रेफर रहेका छन् ।

प्रतिक्रिया