February 23, 2025, 8:30 am
» पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing

संसदमा प्रधानमन्त्री ओली नदेखेपछि खोजि : ‘मैले उहाँको उपस्थिति मात्रै संझाउन खोजेको हुँ’ -अध्यक्ष नेपाल

साउन ६, २०८१ मा प्रकाशित | ८७०दर्शक तीव्रखबर

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा प्रधानमन्त्रीको खोजी गरेका छन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले संसदमा प्रधानमन्त्री ओली नदेखेपछि खोजि गरेका हुन्।

‘मैले प्रधानमन्त्रीज्यूलाई देखिराखेको छैन। उहाँले आफ्नो विश्वासको मत मागिरहनु भएको छ। तर, यो हलबाट उहाँ बेपत्ता हुनुहुन्छ। उहाँले सदनलाई महत्व नदिएको देखिन्छ। उहाँको निम्ति सबैभन्दा महत्वपूर्ण कुरो भनेको आजको सदनमा पूरा समय उपस्थिति आवश्यक थियो। सबैका विचारहरू र धारणाहरू सुन्ने धैर्यता राख्नुपर्थ्यो। अरुका वचनहरु सहन नसकेको ठान्नु भएको हो कि क्या हो। कसैका वचनहरू कटु निस्केका छैनन्। सबैका कर्णप्रिय नै  छन्। मेरा पनि कर्णप्रिय नै छन्,’उनले भने,’ मैले उहाँको उपस्थिति मात्रै संझाउन खोजेको हुँ।’

पूर्वप्रधानमन्त्री नेपालले एमाले अध्यक्ष ओली आफू स्वर्गतिर गएर अरूलाई लात्ताले हानेर नर्क पठाएको टिप्पणी गरे। उनले भने,’अघिल्लो दिन स्वर्ग गएपनि  नर्क गएपनि सँगसँगै जाने वाचा गरे पनि भोलिपल्ट आफू स्वर्गतिर गएर अरूलाई लात्ताले हानेर नर्क पठाए।’

प्रतिक्रिया