February 23, 2025, 8:44 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

एनपीएल : लुम्बिनीविरुद्ध चितवन बलिङमा

मंसिर २५, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर चितवनले फिल्डिङ रोजेपछि लुम्बिनी ब्याटिङमा उत्रिएको छ ।

लुम्बिनी रोहित पौडेल र चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रिएको छ ।

यसअघिका चार खेलमा पराजित भएको लुम्बिनी दबाबमा रहेको छ । चितवन भने चारमध्ये तीन खेलमा जित र एकमा हार बेहोर्दै ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।

चितवनविरुद्धको खेलमा लुम्बिनीको लक्ष्य खाता खोल्ने हुनेछ। चितवन भने लगातार पराजित लुम्बिनीलाई दबाबमा राख्दै अंक बढाउन चाहन्छ।

यसअघिका खेलमा लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

यता, चितवनले भने काठमाडौं, पोखरा र चितवनलाई हराएको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया