February 24, 2025, 4:28 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पुनः कर्णलाई

मंसिर २४, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

बीरगंज ।  वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको पदाभार आजबाट पुनः महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अरबिन्दलाल कर्णले ग्रहण गर्नुभएको छ ।

संघिया मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्णलाई पुनः प्रमुख प्रशासकिय अधिकृतको जिम्मा दिएसँगै आज एक कार्यक्रमका बिच नगरप्रमुख राजेशमान सिंहले आफ्नो कार्यकक्षमा कर्णलाई कार्यकाल सफलताको शुभकामना सहित पुनः स्वागत गर्नुभएको छ ।

वीरगंज महानगरपालिकामा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत मात्रिका भट्टराईको सरुवा भएसँगै मन्त्रालयले छोटो अवधिकालागि (तिहारसम्म) कर्णलाई जिम्मेवारी दिएको र समय अवधि सकिएपछि झण्डै एक महिना देखि वीरगंज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिहीन बन्न पुगेको थियो ।

एक महिना देखि महानगरपालिकाको आर्थिक कारोबार ठप्प भएसँगै महानगरपालिकाको कामकारवाही प्रभाबित हुदै आएको थियो ।

कर्णले आजबाट कार्यभार सम्हालेसँगै महानगरका सम्पुर्ण गतिबिधि एक दुई दिन भित्रैमा सामान्य रुपमा आउने जनाईएको छ ।

प्रतिक्रिया