September 19, 2024, 9:34 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

साउन ६, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं : राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि  छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताएका हुन्।

यसअघि शुक्रबार मा‌ओवादी केन्द्र,रास्वपा र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई विश्वासको नदिने निर्णय गरेका थिए। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि एमाले कांग्रेस गठबन्धन सरकारलाई विश्वासको मत नदिने बताएका छन्।

ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० गते प्रधानमन्त्री नियुक्त गरेका थिए। लगत्तै उनले २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए। सरकारमा नेपाली कांग्रेस,एमालेसहित जसपा र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्।

संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन्।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही प्रावधानअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेका हुन्। प्रधानमन्त्री नियुक्त भएको सात दिनभित्र विश्वासको मत लिन लागेका हुन्।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ ।

ओली नेतृत्वको सरकारमा कांग्रेस एमालेसहित,अशोक राई नेतृत्वको जसपा र लोसपा सहभागी  छन् । सरकारमा सहभागी कांग्रेसको ८८, एमालेको ७७, जसपाको ७ र लोसपाको ४ गरेर १७६ सांसद छन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र जनमत पार्टीले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेका छन्। जसपाको ५ र जनमत पार्टीको ६ सांसद छन्।

प्रतिक्रिया