February 23, 2025, 9:05 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

एनपीएलः सुदूरपश्चिमको अपराजित यात्रा टुंगियो, चितवनको तेस्रो जित

मंसिर २३, २०८१ मा प्रकाशित | ९५०दर्शक तीव्रखबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सको अपराजित यात्रामा पूर्णबिराम लागेको छ ।आफ्नो चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो । हारपछि सुदूरपश्चिमले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । चौथो खेलमा तेस्रो जितसहित चितवनले सदूरपश्चिमसँग अंक बरबारी गरेको छ । समान ६ अंक भएपनि रनरेटका आधारमा सुदूरपश्चिम दोस्रो र चितवन तेस्रो स्थानमा कायम छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा १३१ रनमा अलआउट भयो । सुदूरका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रनको योगफल तयार पारेको थियो। उसका लागि हसन इशाखिलले ५२ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा ६५ रन बनाए ।

रवि बोपारा ३६ रनमा क्याच आउट भए । मात्र १८ बलमा समान २९२ छक्का र चौका प्रहार गरे । विपिन रावलले १७ रन बनाउँदा क्याप्टेन कुशल मल्ल १३ रनमा बोल्ड भए ।

सुदूरपश्चिमका लागि स्कोट कुग्गेलिनले २ तथा दीपेन्द्रसिंह ऐरी, ब्रेन्डोन म्याकमुलेन र सैफ जैबले समान एक-एक विकेट लिए ।

प्रतिक्रिया