February 24, 2025, 4:25 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

स्कारपियो दुर्घटनामा दुईको मृत्यु, तीन जना घाइते

मंसिर २३, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

बाजुरा, । जिल्ला सदरमुकाम मार्तडीमा आज दिउँसो स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

बडीमालिका नगरपालिका-८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपी होटल नजिकै सुपप्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घटनास्थलमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्तको र उपचारका क्रममा सोही जिल्ला भीमदत्त–१८ की  राधिका भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका कार्यालय सहयोग गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी, कञ्चनपुरको कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएका उहाँले बताउनुभयो ।

उहाँले दिएको जानकारीअनुसार घटनामा परेर मृत्यु भएकाको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।

घटनामा परी घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको भन्दै प्रनाउ गिरीले उहाँहरूको हेलिकप्टरमार्फत थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजाने पहल भइरहेको जानकारी दिनुभयो ।

जिप दुर्घटना हुँदा सात जना घाइते 
जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा आज जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सोही गाउँपालिका–६ स्थित धिम गाउँमा जिप दुर्घटना भएको हो ।

धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सात जना घाइते भएक जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते सबैको उद्धार गरी कोल्टी अस्पतालमा उपचारका लागि पठाइएको छ । गाडी अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया