February 24, 2025, 3:58 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

आमासहित दुई नाबालक छोरा एकै ठाउँमा मृत फेला

मंसिर २३, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

नुवाकोट, 

नुवाकोटमा आमासहित दुई नाबालक छोरा एकै ठाउँमा मृत फेला परेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं। १ भाल्चे गाउँको नुचेतमा डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा आमासहित दुई नाबालक छोरा मृत फेला परेका हुन् ।

आज बिहान ९ बजे २३ वर्षिय चन्दीमाया तामाङ र उनका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा परेका हुन्। उक्त घटनाको थप अनुसन्धानका लागि तत्कालै जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा डिएसपी तिलक भारतीसहितको प्रहरी टोली घटनास्थल पुगेको छ । डिएसपी भारतीका अनुसार घटना शंकास्पद, कारुणिक र गम्भीर प्रकृतिको भएकोले यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया