February 24, 2025, 4:15 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

काठमाडौं महानगरका ८९ प्रतिशत मःम बनाउने होटल ‘फोहोरी’, सुधार गर्न निर्देशन

मंसिर २२, २०८१ मा प्रकाशित | १०००दर्शक तीव्रखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलका कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको छ।

गएको कार्तिक २९ गतेदेखि महानगरपालिकाका फुड टेक्नोलोजिष्ट, माइक्रोवायोलोजिष्ट सहितको टोलीले अहिलेसम्म अनगुमन गरेका ८५ वटा मःम बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४%) मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ। यससँगै ६६ वटा (७७.६५%) प्रतिशतमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी छ।

सुन्धारा, न्युरोड,मखन, त्यौड,  कमलपोखरी लगायतको क्षेत्रमा महानगरले अनुगमन गरेको हो। उनीहरुले दैनिक रुपमा प्रयोग गर्ने एप्रोनसमेत फोहर रहेको महानगरले जनाएको छ। ‘भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेका छन्। मसला राख्ने भाँडा फोहर छ। भान्छाको भुइँमा पानी जमेर फोहर छ। डस्टबिनको उचित प्रयोग भएको छैन। पकाएका खानेकुरा खुला राख्ने गरिएको छ। मांसाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गर्ने गरिएको छ। पकाएको र नपकाएका खानेकुरा पनि सँगसँगै राखिएको छ। किराको समस्या समाधान गर्न आफैँ रसायनको प्रयोग गर्ने गरिएको पाइएको छ।’महानगरबाट जारी गरिएको प्रेस नोटमा भनिएको छ, ‘फ्रिज सफाइ गरिएको छैन। फ्रिजमा अटुञ्जेल सामान कोचेर राखिएको छ। त्यहाँ राखिएको अचार र मसलामा लेवल राखिएको छैन। मसला राख्ने भाँडा, मःम बनाउने टेवल र मेसिन फोहर छ। भाँडा माझ्ने ठाउँ झन् फोहर छ।’महानगरको अनुगमन टोलीले स्थलगतरुपमै निर्देशन र सुझाव दिएको जनाएको छ। सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरुलाई सुधारका लागि निर्देशन दिइएको महानगरले जनाएको छ।

प्रतिक्रिया