February 23, 2025, 8:35 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

लुम्बिनले पोखरालाई दियो १७१ रनको लक्ष्य

मंसिर २१, २०८१ मा प्रकाशित | ८९०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनाएको हो।लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन बनाए। उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै रन आउट भए। उनी १९.६ ओभरमा लिस्कको हातबाट रनआउट भए।

लुम्बिनीले पावरप्लेमा २ विकेटको क्षतिमा ४६ रन बनाएको थियो। १० ओभर सकिँदा थप १ विकेट गुमाउँदै थप १८ रन थपेको हो। पहिलो ओभरको तेस्रो बलमा ओपनर अशुतोष घिरौयालाई पहिलो विकेटका रूपमा गुमाएको लुम्बिनीले दोस्रो विकेट अर्का ओपनर उन्मुक्त चन्दलाई गुमायो।

६.१ ओभरमा सन्दीप जोरालाई म्याट क्रिच्लेले एलबीडब्ल्यु आउट गराए। उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरेका हुन्। लुम्बिनीले ७ ओभरमा ३ विकेट गुमाई ५० रन पूरा गरेको हो।  १३ ओभर सकिँदा लुम्बिनीले ३ विकेटको क्षतिमा १०८ रन बनाएको थियो।

लुम्बिनीका कप्तान रोहित पौडेलले चौथो विकेटका लागि टम मोरिससँग ११० रनको शतकीय साझेदारी गरे। टम मोरिस ३८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४५ रनमा विकेट किपर गोउसबाट रन आउट भए। विवेक यादव २ रनमा अविजित रहे।

पोखराका लागि बाँया हाते स्पिनर विपिन खत्रीले २ विकेट लिए। म्याट क्रिच्लेले १ विकेट लिए।

प्रतिक्रिया