February 24, 2025, 4:21 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

गैरकानुनी रूपमा अमेरिका छिरेका ७ नेपाली निष्कासित

मंसिर २१, २०८१ मा प्रकाशित | ८७०दर्शक तीव्रखबर

काठमाडौं : गैरकानुनी ढंगले प्रवेश गरेका सातजना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ। उनीहरू गैरकानुनी ढंगले अमेरिका प्रवेश गरेका थिए। निष्कासित हुनेहरूमा जनार्दन रिजाल, चन्द्र अग्री, रुकसिंह बिसी, कमल बिक, सञ्जय भण्डारी,  अमित बिसी र अमृत पौडेल रहेका छन्।

उनीहरूलाई अमेरिकाले विमान चार्टर गरेर काठमाडौंसम्म ल्याएको हो। उनीहरू कहिले पक्राउ परे भन्ने केही खुलेको छैन। यद्यपि उनीहरू गैरकानुनी ढंगले अमेरिका छिरेको र त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको उनीहरूमाथि आरोप छ। अमेरिकी अध्यागमनले उनीहरूलाई बिहीबार साँझ काठमाडौं ल्याइपुर्‍याएको प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ।

यस्तै अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा विनोद नेपाली र विनायक देवकोटालाई समेत निष्कासन गरेको छ। उनीहरूमाथि समेत त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोप छ। नपाली र देवकोटालाई भने छुट्टै पठाएको हो। पछिल्लो समय गैरकानुनी रूपमा अमेरिका छिरेका आप्रवासीहरूमाथि कडाइ गरेको छ।

प्रतिक्रिया