February 23, 2025, 8:58 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

सेयर बजार मात्रै होइन, अब देशको पूरै बजार चलायमान हुन्छ : प्रधानमन्त्री ओली

साउन ६, २०८१ मा प्रकाशित | ८८०दर्शक तीव्रखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठन भएसँगै उत्साहको श्रृंखला प्रारम्भ भएको बताएका बताएका छन् । आइतबार विश्वासको मत लिनुअघि प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नयाँ सरकार गठन भएसँगै अर्थतन्त्रको ऐन मानिने सेयर बजार हरियाली भएको दावी गरे।

प्रधानमन्त्री ओलीले ५० लाख बढी लगानीकर्ता संलग्न सेयर बजार पछिल्लो दुई सातामा ४ सय अंकले बढेको जिकिर गरे । उनले सेयर बजार मात्रै नभइ अब देशको पूरै बजार चलायमान हुनेमा विश्वास व्यक्त गरे।

‘नेप्से २७ महिनाको यता उच्च भएको छ। सरकारप्रति जनताले देखाएको  विश्वास भरोसाको परिमाण हो, ‘प्रधानमन्त्री ओलीले भने,’अब सेयर बजार मात्रै होइन देशको पूरै बजार चलायमान हुन्छ। सिंगो देशलाई चलायमान बनाउने आत्मविश्वास हामीसँग छ। हामीले लामो अनुभव बटुलेका छौं। ‘

प्रतिक्रिया