February 24, 2025, 4:10 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

इजरायली राजदूत भन्छन्- विपिन जोशी जीवितै छन्

मंसिर २०, २०८१ मा प्रकाशित | ९८०दर्शक तीव्रखबर

काठमाडौं– इजरायलका नव नियुक्त नेपालका राजदूत श्मुलिक एरी बासले हमास लडाकुहरूले नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको बताएका छन् । बिहीबार उपत्यकामा पत्रकारहरूसँगको छलफलमा उनले अरब स्रोतले जोशी जीवित रहेको जानकारी दिएको बताएका हुन् ।

उनी भन्छन्,‘अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको बताएका छन्। तर, उहाँलाई कहाँ राखिएको छ र अहिले उहाँ कुन अवस्थामामा हुनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छैन ।’

उनलाई चाडै नेपाल फर्काउने बताउँदै उनले भने, ‘हामी उहाँ चाँडै नेपाल फर्कनुहुने आशा गर्छौँ। उहाँ अपहरणमा परेका कैयौँ व्यक्तिहरूमध्ये रिहा हुनेमध्ये एक हुनुहुनेछ भन्ने विश्वास छ।’

उनी भन्छन्,’म जोशीको परिवार र अन्य व्यक्तिहरूले उहाँको बारेमा कस्तो महसुस गरिरहनुभएको छ भनेर बुझ्न सक्छु। विपिन जोशी धेरै महत्त्वपूर्ण हुनुहुन्छ। तर, हामीले बुझ्नुपर्छ, विपिनजस्ता अरू पनि धेरै छन् ।’

राजदूतावासका अनुसार हमास लडाकुहरूको कब्जामा १०० भन्दा बढी इजरायली र विदेशी नागरिक अझै पनि बन्धक छन्।

सन् २०२३ अक्टोबर ७ मा नोभा म्युजिक फेस्टिभलमा सहभागी सबैलाई र वरपरका क्षेत्रमा बस्नेहरूमाथि हमास लडाकुहरूले आक्रमण गर्दा इजरायलमा ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत रहेका १० नेपाली विद्यार्थीको क्रुर हत्या भएको थियो। ११औँ विद्यार्थी विपिन जोशीलाई हमासले अपहरण गरेका थिए।

प्रतिक्रिया