February 23, 2025, 8:41 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

जुनसुकै कालखण्डका भ्रष्टाचार छानबिन हुन्छ, सहकारी ठगलाई कारबाही गर्छौं : ओली

साउन ६, २०८१ मा प्रकाशित | ९१०दर्शक तीव्रखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथि कारबाही गरेरै छाड्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुअघि सम्बोधन गर्दै ओलीले सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने धारणा राखेका हुन्।

ओलीले सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने उल्लेख गरे। प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र हुन नदिने प्रतिबद्धता जनाए। उनले भने,‘जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार भए पनि तिनका दोषीलाई उन्मुक्ति दिइँदैन। भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचार सहदैनौं, कसैलाई भ्रष्टाचार गर्न दिन्नौं।’

उनले सुशासनका लागि स्टन्ट होइन,सही इन्टेन्सन चाहिने दाबी गरे। ओलीले भने,‘आफू गोरो देखिन अर्कोको अनुहारमा हिलो छ्याप्ने काम पनि गर्दैन।’

प्रतिक्रिया