February 23, 2025, 9:18 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

पोखराले जनकपुरलाई दियो १३९ रनको चुनौती : ललितले लिए तीन विकेट

मंसिर २०, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार बिहान भएको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको चुनौती दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्ड रोजेपछि पोखराले सुरुमा ब्याटिङ गरेको हो। पूरै २० ओभर खेल्दै पोखराले ७ विकेटको क्षतिमा १३८ रन बनाएको हो।

पोखराका लागि मार्कस क्रिचले सर्वाधिक ३५ रन बनाए । ३० बल खेलेका उनले तीन चौका र १ छक्का हिर्काएका हुन् । माइकल लेस्कले २५ रन बनाउँदा एन्ड्रिज गौसले २० रन जोडे । रेमन रेफरले १७ रन बनाएको खेलमा दिलिप नाथ ११, दिनेश खरेल १० रनमा समेटिँदा कप्तान कुशल भुर्तेल ६ रनमा आउट भए ।

पोखरालाई सस्तैमा समेट्न जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दा ३१ रन दिएर तीन विकेट हात पारेका हुन्। जेमी निसमले दुई विकेट लिँदा किशोर महतो र मोहमद मोसिनले एकएक विकेट हात पारे।अहिले जनकपुरले जवाफी ब्याटिङ गर्दैछ ।

प्रतिक्रिया