September 19, 2024, 10:09 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

सिंगो देश निराशा बनेकाले जनतालाई भरोसा जगाउन नयाँ सरकार बनेको हो : प्रधानमन्त्री ओली

साउन ६, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देश निराशा बनेकाले जनतालाई भरोसा जगाउन नयाँ सरकार बनेको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ४६ सालका पुस्ताले यतिचरम निराशा पहिलो पटक भोग्नुपरेको उल्लेख गरेका हुन्।

उनले भने,‘हामीले देशको जिम्मा लिँदा सिंगो देश यति बेला निराशामा छ। ४६ सालका पुस्ताले यति चरम निराशा सायद पहिलो पटक भोग्नुपरेको हो।’

उनले आयात र निर्यात दुबै घटेको उल्लेख गरे।  प्रधानमन्त्री ओलीले भने,‘अर्थतन्त्र डामाडोल अवस्थामा छ। विकास निर्माणको पनि भद्रगोल रहेको छ। लक्ष्यभन्दा राजश्व निकै कम छ। बैंकमा रकम थुप्रिएको छ।’ उनले निराशा हटाएर तीव्र आर्थिक विकासका लागि वर्तमान सरकारले काम गर्ने धारणा राखे।

उनले पुरानो सरकारको ठाउँमा नयाँ सरकार बनेको र संविधान कानुन बमोजिम विश्वासको मत माग्न संसदमा उपस्थित भएको जानकारी दिए।

सरकारको तौरतरिकाको कारण उद्योगी व्यवसायीहरू मरीचझैँ चाउरिएको उनको दाबी छ। उनले भने,‘सरकारको तौरतरिकाको कारण उद्योगी व्यवसायीहरू मरीचझैँ चाउरिएको छ, विकास निर्माणका काम लथालिंग छन्। करिब ६० लाख भन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ। भ्रष्टाचारले सीमा नाघेको छ। त्रिभुवन विमानस्थलमा  युवाहरू विदेश पलायन गर्नेको भीड लागेको छ।’

ओलीले सरकारका पाँच विषय प्राथमिकतामा रहेको प्रष्ट पारे।

प्रतिक्रिया