February 23, 2025, 9:54 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

एनपीएलको तेस्रो खेलमा सन्दीपको पहिलो विकेट

मंसिर १९, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं– सन्दीप लामिछानको कप्तानीमा रहेको विराटनगर किङ्गले बुधबार नेपाल प्रिमियर लिगअन्तर्गतको तेस्रो खेल खेलिरहेको छ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको विराटनगरका स्पिन बलर सन्दीप लामिछानेले लिगको पहिलो विकेट लिएका छन् । उनी यसअघिका दुई खेलमा विकेटविहीन थिए ।

सन्दीपले लिगको व्यक्तिगत पहिलो विकेटका रुपमा साद बिन जफरलाई आउट गरेका हुन् । जफर सन्दीपको बलमा मार्टिन गुप्टिलमार्फत क्याच आउट भएका हुन् ।

प्रतियोगिताका यसअघिका दुई खेलमा सन्दीपले विकेट लिन सकेका थिएनन् । लिगको उद्घाटन खेलमा सन्दीपको टिमले जकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गरेको थियो ।

सन्दीपको टोलीले दोस्रो खेलमा सुदूरपश्चिम रोल्यस्सँग खेलेको थियो । दुवै खेलमामा विराटनगर जीतविहीन बन्यो भने सन्दीप विकेटविहीन थिए ।

प्रतिक्रिया