February 24, 2025, 4:35 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

काठमाडौँको टुँडिखेलमा एक जना मृत भेटिए

मंसिर १९, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौं – काठमाडौँको टुँडिखेलस्थित गोल पोस्ट नजिकै एक जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका-२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नागरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनले भने, ‘निजको बायाँ हातको साइडमा सानो चक्कु र बायाँ हातको मुनि रगतको ताल रहेको र प्रहरी वृत्त जनसेवा तथा प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीबाट घटनाका बारेमा आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।’
शव जाँचको प्रकृति मुचुल्का गरी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रवक्ता अधिकारीले बताए।

प्रतिक्रिया