February 24, 2025, 4:16 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

काठमाडौं महानगरपालिकाद्वारा तीन बालबालिकाको उद्धार

मंसिर १९, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं- काठमाडौं महानगरपालिकाले एक बालिका र दुई बालकसहित तीन जनाको उद्धार गरेको छ । महानगरपालिकामा प्राप्त गुनासोका आधारमा आफ्नै सौतेनी बाबुबाट जबरजस्ती करणीमा परेको भनिएकी कक्षा ६ मा अध्ययनरत एक ११ वर्षीया बालिकाको उद्धार गरिएको हो ।

बालिकाको उद्धारपछि उनका ७ र ९ वर्षका दुई भाइहरूसमेत समेत घरमा एक्लै पर्ने भएकाले उनीहरूको पनि उद्धार गरिएको महानगरपालिकाले जनाएको छ ।

बालिका अध्ययन गर्ने विद्यालय काठमाडौं महानगरपालिका क्षेत्रभित्र भएकाले महानगरपालिका र प्रहरी वृत्त बौद्ध समेतको टोलीले बालबालिकाको उद्धार गरेको हो ।

महानगरपालिकाबाट खटिएका समाजसेवी र बालमनोविज्ञ मार्फत बालिकाको परामर्श गरिएको थियो ।

बालिकाका सौतेनी बाबुलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरी हिरासतमा राखेको छ ।

महानगरपालिकासहितको अनुगमन टोलीले पेस गरेको अनुगमन प्रतिवेदनका आधारमा प्रहरीले बालिकाको थापाथली प्रसूति अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो ।

बालिकासहित तीनैजना बालबालिकालाई अस्थायी संरक्षणका लागि पठाइयो महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया