February 23, 2025, 9:21 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

एनपिएलमा आज कर्णाली र काठमाडौं तथा लुम्बिनी र विराटनगर भिड्दै

मंसिर १९, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज दुई वटा खेल हुदैछन् । आजको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाज आमने सामने हुँदैछन् ।

पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुबै टोलीका लागि आजको खेल दोस्रो हो ।

यसअघि हार व्यहोरेका दुवै टोली आज पहिलो जितको खोजीमा मैदान उत्रने छन् ।

पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ र काठमाडौं चितवन राइनोजसँग ५ विकेटले पराजित भएका थिए ।

दोस्रो खेलमा लुम्बिनी लयान्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्नेछन् । यो खेल दिउँसो १ बजे हुनेछ ।

विराटनगरले अहिलेसम्म खेलेका दुईवटै खेल हारेको छ भने लुम्बिनीले आज पहिलो खेल खेल्दैछ ।

प्रतिक्रिया