February 24, 2025, 4:26 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रिचार्ज कार्ड आपूर्तिमा देखिएको समस्या समाधान भइसक्यो : नेपाल टेलिकम

मंसिर १८, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं– केही दिनदेखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरू बजारमा सहज रूपमा उपलब्ध हुन नसकेकोमा हाल उक्त समस्या समाधान भइसकेको टेलिकमले जानकारी दिएको छ ।

पूर्ववत् रिचार्ज कार्डहरू बजारमा उपलब्ध भैसकेको बताउँदै टेलिकमले यसअघि ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको हो ।

रिचार्ज कार्डको सहज रूपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकले कार्डको विकल्पको रूपमा रहेका मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) र नमस्ते पे, ईसेवा, खल्ती, आईएमईपेलगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको कम्पनीको भनाई छ ।

रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको टेलिकमले स्पष्टीकरण दिएको छ ।

प्रतिक्रिया