February 23, 2025, 8:23 am
» पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing » रौतहटमा अबैध सालको काठ सहित २ जना पक्राउ » बढ्दो मोटोपन दरविरुद्ध लड्न दक्षिण एसियाका देश एकजुट

स्थानीयको दबाबपछि न्यूरोडबाट फिर्ता भयाे महानगरकाे डोजर

साउन ६, २०८१ मा प्रकाशित | १०८०दर्शक तीव्रखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीयको दबाबपछि न्यूरोडको जुद्धशालिकबाट डोजर हटाएको छ ।

तीनदिनदेखि काम अघि बढ्न नसकेपछि सडक विस्तारका लागि लगिएको डोजर आज बिहान ७ बजे स्थानीयको दबाबमा हटाइएको हो ।

शुक्रबारदेखि स्थानीयले फुटपाथको विरोध गर्दै अवरोध गरेको थियो । न्यूरोडमा फुटपाथ विस्तारका लागि ल्याइएको डोजर फिर्ता भएपछि न्यूरोड क्षेत्रका सडक अलपत्र भएको छ ।

उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम सुरु गर्न अवरोध नगर्न अन्तरिम आदेशदिएपछि महानगरले काम सुरु गरेको थियो । त्यसअघि गत जेठ पहिलो साता सडक डिभिजन काठमाडौं कार्यालयले अनुमति नलिई फुटपाथ विस्तार गरेको भन्दै महानगरको सामान सडकबाट जफत गरेको थियो ।

प्रतिक्रिया