December 23, 2024, 2:52 pm
» एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित » पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ घाइते » निजामती विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता » वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग

नेपाल र चीनबीच सहमतिपत्रमा हस्ताक्षर

मंसिर १८, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

बेइजिङ– नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न नाै विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

दुई देशबीचको समझदारीपत्रमा टोखा-छहरे सुरुङमार्ग, हिल्सा-सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ-केरुङ-काठमाडौं क्रसबोर्डर रेल्वे, जिलोङ-केरुङ-रसुवागढी चिलिमे २२० केभी क्रसबोर्डर प्रसारण लाइनलगायत काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति गर्ने लगायत विषय समेटिएका छन् ।

वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेको हो ।

प्रतिक्रिया